कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान रोपाइँमा ओलीको हाँसो

तस्बिर : दीपक केसी

काठमाडौँ — १९ औँ राष्ट्रिय धान दिवसमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यका साथ भक्तपुरको सिरुटार पुगेर रोपाइँमा सहभागी भएका छन् । सिमसिमे पानी बीच सिरुटार पुगेका उनी धान रोप्ने ट्र्याक्टरको स्टेरिङ समाउँदै रोपाइँमा सामेल भएका हुन् । हिलो खेतमा धान रोप्न पुगेपनि उनलाई पानी र हिलो सकेसम्म नलागोस् भनेर त्यहाँ जम्मा भएका कार्यकर्ताले खुबै मिहिनेत गरका थिए । ओलीले गमबुट लगाएर हिलोमा छिरेपनि पत्नी शाक्य भने खाली खुट्टा नै थिइन्।


प्रकाशित : असार १५, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

तस्बिर : दीपक केसी

काठमाडौँ — अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो । कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।


प्रकाशित : असार ७, २०७९ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×