कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कान्तिपुर हिसान एडुफेयरमा अवलोकनकर्ताको ओइरो [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सञ्चालित कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को तेस्रो दिन आइतबार पनि मेला अवलोकन गर्न विद्यार्थी, अभिभावकको भीड लागेको छ । आयोजकका अनुसार शनिबार करिब ५० हजार जनाले मेलाको अवलोकन गरेका थिए । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेको छ । शिक्षण संस्थाबारे धेरै जानकारी प्राप्त गर्न सजिलो हुने मेलाको भ्रमण गरेका विद्यार्थीहरु बताउँछन् ।

मेला घुम्न आउने विद्यार्थीलाई शिक्षण संस्था सञ्चालक, शिक्षक, स्वयंसेवक र त्यहाँ अध्ययनरत विद्यार्थीले परामर्श दिने गरेका छन् । एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको हिसान अध्यक्ष रमेश सिलवालले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए । मेला सोमबारसम्म सञ्चालन हुनेछ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन्स्‌ले संयुक्तरूपमा मेला आयोजना गरेका हुन् । मेलामा विभिन्न प्रतियोगिता पनि आयोजना गरिएको छ । विजयी विद्यार्थीले छात्रवृत्ति र नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ । मेलामा एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । एडुफेयरको यो सातौं संस्करणमा २ लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ ।


प्रकाशित : असार १२, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्