कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा अन्तर्राष्ट्रिय योग दिवस, खेती किसानी देखि वन्यजन्तुका विविध तस्बिरहरुले प्राथमिकता पाए । यसका साथै विभिन्न दैनन्दिनीका विविध तस्बिहरु पनि प्रकाशित भए । यो साता हामीलाई मन परेका ७ तस्बिर । हात्तीको समूहबाट छुटेको छावालाई पुच्छर तानेर सास्ती दिँदै झापा बाहुनडाँगीका युवा । तस्बिर: पर्वत पोर्तेल

ललितपुर बंगलामुखीस्थित पश्चिमतर्फ रहेको कुन्ती हिटी(ढुंगेधारा) ३ महिना पहिले र अहिले । वर्षा सुरु भएसँगै ललितपुरका अधिकांश ढुंगेधारामा पानी आउन थालेको छ । तस्बिर : किरण पाण्डे

बर्दिया गुलरिया—१० मा भारतीय सीमा चित्तलवाबाट ल्याएको मल जाँच्दै सशस्त्र प्रहरी । रोपाइँको समयमा किसानले मल नपाउँदा समस्या खेपिरहनु परेको छ । तस्बिर : कमल पन्थी

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित योग शिविरमा योग गर्दै सहभागी । तस्बिर : दीपक केसी

रवि लामिछानेको राजनीतिक यात्रा घोषणा कार्यक्रममा काठमाडौंको सभा गृहको हल बाहिर सर्वसाधारणको भीड । तस्बिर : इलिट जोशी

राप्ती नदीको दुधौरामा देखिएका घडियालका बच्चाका हुल । यी बच्चा माउको वरपर छन् । तस्बिर : रमेशकुमार पौडेल

भक्तपुरको चाँगुनारायण पिखेलस्थित धान रोप्दै गरेका किसानहरु ड्रोनबाट लिएको तस्बिर । तस्बिर : दीपेन्द्र रोक्का


प्रकाशित : असार ११, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्