कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई लगाउन थालियो कोभिडविरुद्धको खोप

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — ५ देखि ११ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप बिहीबारबाट लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा लान मन्त्रालयले आग्रह गरेको छ ।आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ ।


प्रकाशित : असार ९, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्