यसरी गरिन्छ खोंचबाट उद्धार [तस्बिरहरू]

लालप्रसाद शर्मा

पोखरा — पोखरा–१५ छिनेडाँडाको भीरमा मंगलबार बिहान डिलैमा एउटा सल र एकजोडा चप्पल भेटिए । डिलमा रहेको घाँस पनि मडारिएको थियो। घुम्दै गएका दुई जनाले यो दृश्य देखेपछि एक महिला र एक पुरुष त्यहाँबाट खसेको भन्दै प्रहरीलाई खबर गरियो ।

अन्तरजातीय जोडीले विवाह गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि उनीहरू हाम फालेको प्रहरीको अनुसन्धानमा खुल्यो ।एकै छिनमा प्रहरीको उद्धार टोली आयो । डोरीको सहायताले खोंचमा खसेर घाइते भएका युवायुवतीसमक्ष पुग्छन् । प्राथमिक उपचार गर्छन् । घाइतेको उद्धार हुन्छ । युवती गम्भीर घाइते भएकी हुन्छिन् भने युवकको मृत्यु भइसकेको हुन्छ । उता घटनाबारे थाहा पाएपछि युवक र युवतीका परिवार र आफन्तजनको बिलौना निकै हृदयविदारक देखिन्थ्यो । दुवै जनालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइन्छ ।

उक्त घटना र दृश्य वास्तविक जस्तो देखिए पनि गण्डकी प्रदेश प्रहरी पोखराद्वारा आयोजित विपद्‍ घटनामा उद्धार कार्य कसरी प्रभावकारी बनाउने भन्नेबारे प्राथमिक उपचार सम्बन्धी नमूना अभ्यास थियो । यस अभ्यासमा नेपाली सेना र सशस्त्र प्रहरीको समेत समन्वय थियो । पछिल्लो समय यस्ता प्रकृतिका घटना हुने गरेकोमा सुरक्षाकर्मी टोलीले उद्धारका लागि यस्तो अभ्यास गरेको जनाएको छ ।


प्रकाशित : असार ७, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्