कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

तस्बिर : केशव थापा, तस्बिर : अनिस रेग्मी

काठमाडौँ — भूकम्पले जीर्ण बनाएको काठमाडौंस्थित त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्नुपर्ने माग राख्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार कलेज अगाडि विद्यार्थीहरू जम्मा भएर लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नती नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले कलेज अगाडिको सडकमा आधा घण्टा पुस्तक पढेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर’‚ ‘प्रधानमन्त्री ज्यू, तपाईंले पढेको कलेज कहिले बन्ने ?’, ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘भ्यु टावरचाहीँ बन्ने त्रिचन्द्रचाहीँ नबन्ने ?’ जस्ता नारा लेखिएको ब्यानर देखाएर प्रदर्शन गरेका थिए ।


प्रकाशित : जेष्ठ ३१, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्