२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

'महँगो प्लेट चाहिँदैन, जनताको ढाड सेक्न पाइँदैन'

संजोग मानन्धर

काठमाडौँ — सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि अस्वभाविक र अव्यवहारिक रुपमा मूल्य तोकेको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार नयाँ वानेश्वरमा युवा संघका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । इम्बोस्ड नम्बर प्लेटका लागि अस्वभाविक रुपमा मूल्य निर्धारण गरिएको साथै सरकारले अव्यवहारिक रबैया देखाएको भन्दै युवा संघले विरोध जनाएको हो ।

'महंगो प्लेट चाहिँदैन जनताको ढाड सेक्न पाइँदैन', 'अर्थतन्त्र छ चौपट परमादेशी सरकार कमिसनमै लटपट', 'कालो सूचिवाल ठेकेदार नेपाली लिपि मास्ने मतियार' जस्ता नारा लेखिएका ब्यानर युवा संघका नेताहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप समेत भएको थियो ।


प्रकाशित : जेष्ठ २४, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्