२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भोटो देखाउँदै रातो मच्छिन्द्रनाथको जात्रा समापन [फोटोफिचर]

संजोग मानन्धर

काठमाडौँ — ललितपुरको जावलाखेलमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । हरेक वैशाख शुक्ल पक्ष प्रतिपदाको साइत पारी रातो मच्छिन्द्रनाथलाई रथारोहण गराउने प्रचलन अनुसार झण्डै दुई महिनादेखि तानिएको रथ शनिबार जावलाखेल ल्याइएको हो ।

यससँगै रातो मच्छिन्द्रनाथको जात्रा समापन भएको छ । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा रथ ल्याइएको हो । भोटो देखाइएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेर जात्रा समापन गरिन्छ । मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ । शनिबार जात्रा अवलोकन गर्न राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन र अन्य मन्त्रीहरू समेतको उपस्थिति थियो ।


प्रकाशित : जेष्ठ २१, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्