१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नाम्चेमा चहलपहल [तस्बिरहरु]

मनोज पौडेल

नाम्चे, सोलुखुम्बु — कोरोना कहर कम भएसँगै मुलुकको प्रमुख पर्यटकीय स्थल नाम्चे बजारमा चलहपहल बढेको छ । कोरोनाले दुई वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिएपछि व्यवसायी खुसी छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटर उचाईमा पर्ने नाम्चे सगरमाथा जाने प्रवेशद्वारका रुपमा रहेको छ ।

सगरमाथा आरोहण र पदयात्राका लागि आएका विदेशी पर्यटकको चहलपहल छ । फागुनदेखि जेठसम्मको पर्यटकीय सिजन सकिन लागेकाले नाम्चेबाट फर्कने पर्यटकको संख्या धेरै छ ।चैत्रदेखि जेठ १५ सम्म २ हजार ५०४ नेपाली र ११ हजार ८२९ विदेशी पर्यटक आएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताए । कोभिड संक्रमणका बेला वर्षको ३ हजार पर्यटक पनि आएका थिएनन् । अग्ला अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेर रहेको सुन्दर बस्ती नाम्चे आउने पदयात्री र आरोहीलाई शेर्पा जातिको संस्कृतिले उस्तै आकर्षण थपेको छ । नाम्चेमा ७० भन्दा बढी होटल लजले पर्यटकलाई छनोटको सुविधा दिएका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्