कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रातो मच्छिन्द्रनाथको रथ कुमारीपाटीमा [फोटोफिचर]

संजोग मानन्धर

ललितपुर — नेपालमा मनाइने जात्रामध्ये लामो अवधि मनाइने रातो मच्छिन्द्रनाथको रथ तानेर कुमारीपाटी ल्याइएको छ । वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा सुरु गरिएको उक्त रथ बुधबार कुमारीपाटी ल्याइएको हो । रथ तानेर लगनखेलमा पुगेपछि नरिवल खसालेर जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउँदै जात्रा समापन गरिन्छ ।

मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पनि चिनिन्छ । यस जात्रामा उपत्यकावासीले श्रद्धापूर्वक पूजापाठ गरी भोज पनि खाने गर्छन् । मच्छिन्द्रनाथको रथयात्रा ८०० सालमा नरेन्द्रदेवको छोरा राजाले सुरु गरेको विश्वास रहिआएको छ । उक्त रथलाई हरेक वर्ष जात्रा अवधिभर ललितपुरको टोल घुमाउने प्रचलन छ । यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।


प्रकाशित : जेष्ठ १८, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्