कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यसरी काठमाडौं ल्याइयो शव

तस्बिर: अंगद ढकाल

काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । खराब मौसम र जटिल भौगोलिक अवस्थाका कारण उक्त विमान दुर्घटना भएको सोमबार मात्रै पुष्टि भएको हो।


प्रकाशित : जेष्ठ १६, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्