३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेयरले फेर्नुपर्ने काठमाडौं महानगरको मुहार

कान्तिपुर फोटो विभाग

काठमाडौँ — संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरको मेयरमा निर्वाचित वालेन्द्र साहले सोमबारदेखि कार्यभार सम्हाल्दैछन् । वालेन्द्रले दलहरूको दबदबा चिर्दै छोटो समयमै काठमाडौंवासीको मन त जिते तर मेयरको रुपमा उनका अघिल्तिर चुनौतीका चाङ छन् । काठमाडौं सधैं धुवाँ, धुलो, फोहोर, जाम र थोरै वर्षा भए पनि बाढी आउने समस्याले प्रताडित छ ।

राजनीतिक दल र नेतालाई पटक-पटक भरोसा गरे पनि सुविधाको श्वास फेर्न नपाएका महानगरवासीले नयाँ मेयरबाट परिवर्तनको आशा राखेका छन् । उनले पाएको फराकिलो मतान्तरले उनीमाथि यहाँका मतदाताले राखेको आशा र भरोसा दुवै झल्किएको छ । दलको घेराभन्दा बाहिरबाट काठमाडौंमा पहिलो मेयरको रुपमा महानगर छिर्न लागेका उनले कस्तो काम गर्लान् ? अहिले धेरैको चासो यही छ । मनसुन सुरु हुँदैछ तर‚ सडकमा फोहोर यत्रतत्र छ । कतै खाल्डो, कतै हिलो । थोरै पानी पर्दा उर्लिएर आउने यहाँका खोलाले बर्सेनि बाढीको रुप लिन्छन्, र बर्सेनि लाखौँ धनजनको क्षति हुन्छ, ज्यानै पनि लिन्छ । काठमाडौंका सडक न पैदलयात्रुमैत्री छन्, न अपाङ्गमैत्री । सडकमा ट्राफिक जाम हुने समस्या निरन्तर छ । हिँड्दा-हिँड्दै फुटपाथ टुंगिन्छन् । बाटोमा रहेका बिजुलीको खम्बामा गुजुल्टिएर रहेका बिजुली तारले बाटो छेकेर सहरलाई झन् कुरुप बनाएका छन् । अब महानगरका मेयरले तत्कालै ध्यान दिनुपर्ने विषय के छन् त ? प्रस्तुत छ महानगरको अहिलेको अवस्था झल्काउने तस्बिर कथा :

तस्बिर कान्तिपुर अर्काइभबाट


प्रकाशित : जेष्ठ १३, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्