विजयोत्सव मनाउँदै बालेनका समर्थकहरू [फोटोफिचर]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र शाह (बालेन) जित नजिक छन् । उनको विजयको औपचारिक घोषणा हुन मात्र बाँकी छ । महानगरमा प्रभावशाली मानिएका सत्ता गठबन्धन र एमालेका उम्मेदवार क्रमश: सिर्जना सिंह र केशव स्थापितलाई फराकिलो मतान्तरले पछि पार्दै बालेन मेयर बन्ने पक्कापक्की छ ।

बालेनलाई कुनै राजनीतिक दलको समर्थन नभए पनि ठूलो संख्यामा युवाहरूले भने उनलाई साथ दिएको देखिएको छ । मतगणना भएको स्थान राष्ट्रिय सभागृह अगाडि केही दिनदेखि नै उनीहरूले बालेनको विजय उत्सव मनाउन थालेका छन् । बालेनका समर्थकहरूले यतिबेला उनको समर्थनमा नाराबाजी गर्दै नाचगानसमेत गरेका छन् । उनको पक्षमा नारा लेखिएका टिसर्ट पहिरिएर समर्थकहरू नाचगान र उत्सवमा सहभागी भएका छन् ।

यद्यपि बालेनले आफ्नो विजय र्‍याली आयोजना नगर्न प्रसंसकहरूलाई आग्रह गरेका छन् । उनले आफ्नो जितको खुसियाली मनाउन खादा, माला र अबिर लगाएर प्रदर्शन नगर्ने घोषणा गरेका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्