कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [फोटोफिचर]

अनिश रेग्मी

काठमाडौँ — रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ ।

उक्त घटनालाई लिएर संसदमा पनि प्रश्न उठ्यो । दोषीमाथि कडा कारबाही गर्न लागि विभिन्न संघसंस्था र नागरिक अगुवाहरूले निरन्तर दबाब दिँदै आएका छन् । २०७७ को जेठ ३१ गतेदेखि एक सातासम्म लगाएर सांसदहरूको टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा उक्त घटना संगठित र योजनाबद्ध रुपमा भएको निष्कर्ष निकालिएको छ ।

तैपनि घटना भएको दुई वर्ष बित्दासमेत पीडित परिवारले न्याय पाउन सकेका छैनन् । सोही घटनाका पीडित परिवारसहित अभियानकर्मी तथा नागरिक अगुवाहरूले मंगलबार माइतीघरमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

जब वंशीघाटको सुकुम्बासी बस्तीमा बाढी पस्यो

अनिश रेग्मी

काठमाडौँ — गएरातिदेखि परेको पानीले वाग्मतीमा बाढी आउँदा त्रिपुरेश्वरस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । घरमा पानी पस्दा सामानहरु भिजेका थिए । ओढ्ने, ओच्छ्याउने, भाँडावर्तनलगायतका सामान भिजेका थिए । मानिसहरु बिहानैदेखि घरमा पसेको पानी फाल्न व्यस्त थिए । हेर्नुहोस् तस्बिरमा डुबानमा परेको वंशीघाट सुकुम्बासी बस्ती :


प्रकाशित : भाद्र २१, २०७८ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×