लुम्बिनीमा मोदी

तस्बिर : मनोज पौडेल

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबुद्ध जन्मस्थल लुम्बिनी आएर फर्किएका छन् । उनी २५६६औं बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी भए ।

मायादेवीमा मन्दिरमा पूजाआजा, विहारको शिलान्यास र बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गरेर उनी फर्किएका छन् । लुम्बिनीमा उनले करिब ६ घण्टा बिताए ।

भारतीय वायुसेनाको हेलिकोप्टरबाट आएका उनलाई नेपाली समकक्षी शेरबहादुर देउवाले लुम्बिनीको पञ्चशीलअंकित उपहार प्रदान गरेका थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्