लुम्बिनीमा विश्व शान्तिको प्रार्थना [फोटोफिचर]


काठमाडौँ — लुम्बिनी जेठ २ गते । आकर्षक रुपमा सिँगारिएको लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरी भव्य रुपमा बुद्धजयन्ती मनाइँदै छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासकहरू आएका छन् ।



यस अवसरमा सोमबार बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लगि प्रार्थना गरिएको थियो । यससँगै बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा निकै भीडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ ।

बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेपछि उक्त कार्यक्रम अवलोकन गर्न पनि धेरै जना उपस्थित थिए । मोदीको सुरक्षाका लागि बिहान ८ देखि ११ बजेसम्म मायादेवी मन्दिर बन्द गरिएको थियो । उनी ५ घण्टाका लागि लुम्बिनी आएका हुन् ।










