३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट सुरु गरिने निर्वाच्न आयोगले जनाएको छ ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ । 


प्रकाशित : वैशाख ३०, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्