कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

तस्बिरमा हेर्नुहोस् पोखराको मतदान

तस्बिर : दीपक परियार

पोखरा — कास्कीको पोखरा महानगरपालिकासहित पाँचवटै स्थानीय तहमा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान सुरु भयो । सम्पूर्ण स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भए । मतदान केन्द्रमा बिरामी, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र किरियापुत्रीले सहजतापूर्वक मत हाल्न पाए । निर्वाचन आयोगको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार दिउँसो ३ बजेसम्म कास्कीमा ५५ प्रतिशत मत खसेको छ ।

‘कास्कीका सबै ठाउँमा शान्तपूर्वक मतदान भइरहको छ,’ उनले भने, ‘मतदान सकिएपछि सम्बन्धित पालिकाको केन्द्रमा मतपेटिका ल्याइन्छ ।’ सर्वदलीय सहमतिमा शुक्रबार बेलुका वा शनिबार बिहानबाट मतगणना हुने उनले बताए । कास्कीमा पोखरा महानगरपालिका, रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्