कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पोखरामा यस्तो देखियो मतदानस्थल [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — स्थानीय तह निर्वाचन गर्न निर्वाचन अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी मतदान सामग्रीसहित सम्बन्धित मतदानस्थल पुगिसकेका छन् । निर्वाचन तालिकाअनुसार बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा दिने र मतदान केन्द्र बनाउने समय हो ।

पहिलो दिन बुधबार नयाँ मतदाताको परिचयपत्र वितरण गर्ने योजना रहे पनि खासै मतदाताहरु लिन आएनन् । फाट्टफुट्टमात्रै परिचयपत्र लिन आएका थिए । नागरिकतालगायत परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएकाले पनि मतदाता परिचय पत्र लिन नआएको अनुमान गरिएको छ । अधिकांश बिहीबार पनि आउने अनुमान छ ।

यसैगरी आयोगले दुवै दिन मतदाता शिक्षा दिने भने पनि पोखराका केही मतदानस्थलमा त्यस्तो देखिएन । नयाँ मतदातालाई परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मत हाल्न सिकाउने भनिएकोमा त्यस्तो नभएको हो । ‘पहिलो दिन भएर पनि होला मतदाता परिचयपत्र लिन खासै आएनन्,’ पोखरा–७ वडा कार्यालय मतदानस्थलका मतदान अधिकृत दिनेश काफ्लेले भने, ‘बिहीबार आउनुहोला ।’ फाट्टफुट्ट परिचयपत्र लिन आउनेले पनि मतदाता शिक्षासम्बन्धी कुनै कुरा नगरेको र कसैले सोधेमा भोट हाल्न पनि सिकाएको उनले बताए ।

प्रकाशित : वैशाख २८, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्