कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

यसरी बाँडिँदै छ मतदाता परिचयपत्र [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — पर्सि शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ । यसका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । विभिन्न जिल्लामा रहेका मतदान केन्द्रबाट बुधबार मतदाता परिचयपत्र वितरणको काम भइरहेको छ । कर्मचारीहरूले बिहीबारसम्म परिचयपत्र वितरणको काम सम्पन्न गर्ने आयोगले जनाएको छ ।

३० वर्षपछि पहिलोपटक एकै चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ स्वयंसेवक परिचालन गरेको छ । आयोगका अनुसार १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन्।

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनासँग मताधिकार रहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार नागरिकता लिएका र मतदाता नामावलीमा नाम भएका सबैलाई मतदान गर्ने व्यवस्था मिलाइने छ ।


प्रकाशित : वैशाख २८, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्