चुनावी रौनक, गाउँ फर्कनेको लर्को

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न सिलसिलामा काठमाडौंमा रहेकाहरू मत हाल्न आ-आफ्ना गाउँ फर्किरहेका छन् ।

यतिबेला काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, बल्खु क्षेत्रमा घर फर्किनेहरूको भीड लागेको छ । ५ वर्षपछि आउने चुनावमा भोट हाल्न जान मतदाताहरू उत्साहित देखिएका छन् । गाउँ फर्किनेहरूको संख्या धेरै भएकाले सवारी साधनहरू खचाखच भरिएका छन् । मत हाल्न विभिन्न सामान बोक्ने गाडीमा समेत बसेर घर फर्किरहेका छन् ।

घर फर्किनेहरूका लागि गाडीसमेत थपिएको छ भने कतिपय स्थानीय तहबाट पार्टीहरूले नै गाडी पठाएका छन् । जसका कारण सडकमा ट्राफिक जामसमेत भएको छ ।


प्रकाशित : वैशाख २८, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७८ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×