१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रातो मच्छिन्द्रनाथको रथारोहण [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलअनुसार आइतबार रथारोहण गरिएको छ । रातो मछिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरू भएको मानिन्छ । नेपालमा मनाइने जात्रामध्येको लामो जात्रा मानिन्छ ।

तिथिअनुसार औंसी (आमाको मुख हेर्ने दिन) मा देवीचौरको कटुवाल दहबाट कलशमा मत्स्येन्द्रनाथलाई ल्याउने र भोलिपल्ट वैशाख शुक्ल प्रतिपदामा रथारोहण गर्ने चलन छ । रथारोहणपछि विधिवत रुपमा रथयात्रा गरिन्छ । रथ लगनखेल पुगेपछि नरिवल खसाल्ने र जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो जात्रा मनाइन्छ ।

प्रकाशित : वैशाख १८, २०७९ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्