२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पोखरीमा गहना खोज्ने जात्रा [फोटोफिचर]

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने 'गहना खोज्ने जात्रा' यस वर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।

यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन् । किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ । वैष्णवीदेवी पनि भनिने टुँडालदेवीलाई युवाहरूले पोखरीमा तीन पटक घुमाउँछन् । यस जात्रासँग जोडिएका किंवदन्ती अनुसार टुँडालदेवीका गहना खोज्न रथलाई पोखरीमा लैजाने चलन छ ।


प्रकाशित : वैशाख ४, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्