१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रशिक्षणमा व्यस्त फुटबलर

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् ।

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह 'ए' मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । जस अन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यस अघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन् ।


प्रकाशित : वैशाख २, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्