उपाधि जितेपछि नेपालको खुसीयाली [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।

दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।


प्रकाशित : चैत्र २१, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्

भीमसेन मन्दिरमा होलीको रौनक [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भक्तपुरको योसिनखेलस्थित भिमसेन मन्दिरमा बाजागाजासहित हरेक वर्षको होली मनाइन्छ । योसिनखेललगायत आसपासका बासिन्दाहरुले मन्दिरमा आएर पूजाआजासहित सामूहिक भोज खाएपछि रंग साटासाट गर्छन् । स्थानीयका अनुसार यो मन्दिर हरेक साता पूजाआजा गरिएपनि होली पर्वमा भने विशेष पूजा गरिन्छ ।


प्रकाशित : चैत्र ३, २०७८ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×