कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

केशव थापा

काठमाडौँ — अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।

कार्यक्रमका संयोजकमध्ये एक अधिकारकर्मी मनोज खतिवडाले यसलाई अछामको घटनाको विषय मात्र नभएर पितृसत्तात्मक र पूँजीवादी व्यवस्थाको चरित्र भएको बताए । ‘घरघर, टोलटोलमा महिलाहरु उत्पीडित छन् । महिलामाथिको न्याय व्यवस्था नै त्यही हो जुन अहिले देखिरहेका छौं । व्यवस्थामा नै समस्या छ । यो पितृसत्तात्मक न्यायलयले महिलाहरुलाई न्याय दिने होइन प्रताडित गर्छ,’ अधिकारकर्मी खतिवडाले भने ।

मनोजले बलात्कारका घटनालाई गाउँगाउँममा मेलमिलाप गराउने, ती कुरालाई सदर गरिदिने, संवेदेनशीलता प्रयोग नगर्ने, पीडितहरूलाई नै दोषी ठहर्‍याउने काममा अदालत नै सहयोगी भएको भन्दै युगौंदेखि महिलामाथि दमन र अत्याचार भएकोमा यसविरुद्ध लड्नुपर्ने उनले बताएका थिए । प्रदर्शनमा सहभागी अनिता पण्डितले समाजमा पितृसतातमक सोच कर्मचारीतन्त्र र अदालत लगायत सबै राज्य संयन्त्रमा हाबी रहेको बताइन् । ‘अछामको घटना पनि जिल्ला न्यायाधीशले फैसला गर्ने क्रममा खारेज भइसेकको र कार्यन्वयनमा नरहेको अध्यादेशबाट फैसला गर्नु भनेको उभित्र भएको पितृसत्तात्मक पूर्वाग्रहले काम गरेको देखिन्छ । यसको विरोध जरुरी छ,’ उनले भनिन् ।

माइतीघरमा अपराह्न ४ बजेपछि सुरु भएको विरोध प्रदर्शनमा अधिकारकर्मी तथा लेखक संगीत स्रोता, वन्धुविक्रम क्षेत्री, अन्जनबाबु लगायतका अभियन्ता सहभागी थिए । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै न्याय माग्न अदालतमा जाँदा स्यवं किशोरीलाई नै दोषी ठहर गरी साढे तीन वर्ष जेल पठाउन अछाम जिल्ला अदालतल आदेश दिएको थियो । निष्क्रिय भइसकेको कानुनलाई आधार मानी फैसला गरेका न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ।


प्रकाशित : चैत्र १९, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीको विरोधमा प्रदर्शन र आमसभा [फोटोफिचर]

केशव थापा

काठमाडौँ — प्रतिनिधिसभाबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका थिए । यस क्रममा आयोजक दलका नेताहरूले खुला मञ्चबाट एमसीसीको विरोध गर्दै यसले राष्ट्रघात भएको बताएका छन् । ती दलहरूले एमसीसी अनुमोदन गर्नु अघिदेखि नै विरोध प्रदर्शन गर्दैआएका थिए । एमसीसीले गर्दा नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता खोसिएको उनीहरूको जिकिर छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १५:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×