१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्यादी बन्न राजधानीमा पनि उस्तै भीड [फोटोफिचर]

संजोग मानन्धर

काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सरकारले भर्ना आवेदन खुला गरेको छ । यसका लागि देशभर विभिन्न जिल्लामा ठूलो संख्यामा युवाहरू म्यादीमा भर्ना हुन लामबद्ध भएका छन् ।

आइतबार म्यादीका लागि भर्ना आवेदन खुला गरिएसँगै राजधानी काठमाडौंमा पनि म्यादी बन्न चाहने युवाहरूको ठूलै भीड लागेको छ । महानगरीय प्रहरी परिसर टेकुमा म्यादीका लागि आवेदन दिनेको भीड थामिसक्नु थिएन । लाइनमा कतिपय महिलाहरू भने बच्चा च्यापेरै उभिएका थिए । पछिल्ला वर्षहरूमा म्यादी प्रहरीमा महिलाहरूको पनि उत्साहजनक सहभागिता देखिन थालेको छ ।

यसपटक काठमाडौंमा भने उल्लेख्य मात्रामा विद्यार्थीहरू पनि म्यादी बन्ने लाइनमा थिए । आइतबारको भीड हेर्दा तुलनात्मक रुपमा अन्य जिल्लामा भन्दा काठमाडौंमै ठूलो भीड देखिन्थ्यो । निर्वाचनको सुरक्षार्थ जम्मा ४० दिनका लागि माग गरिएको म्यादी प्रहरीको भर्ना आवेदन फारम चैत ११ गतेसम्म खुला गरिने बताइएको छ ।


प्रकाशित : चैत्र ६, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्