कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४० जनाले एकैचोटी आँखा देखेपछि... [तस्बिरहरु]

देवेन्द्र भट्टराई, तस्बिर : अंगद ढकाल

दोरम्बा — रामेछाप हिजोसम्म आँखा नदेखेर अँध्यारो संसारका बारेमा कुरा गरिरहेका बाआमाहरु शनिबार बिहान दोरम्बा शैलुङ–२ स्थित काकलिङ विद्यालयको आँगनमा कोही नाच्न थाले, कोही हर्षका आँसु झार्न थाले । वर्षौवर्षदेखि दुवै आँखा नदेख्ने भएर बसेका १० जना बाआमाहरु एकाएक आफैंमा अचम्मित पनि देखिन्थे ।

गरिब एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणको नि:शुल्क आँखा उपचार गर्नका लागि स्थापित तेज कोहिल एण्ड रुइत फाउन्डेशनका तर्फबाट दोरम्बामा आयोजित ३ दिने नि:शुल्क आँखा शिविरमा शनिबारसम्ममा २४० जनाको मोतीबिन्दु सफल उपचार भएपछिको माहोल खुशीयालीले भरिएको थियो । आइतबार पनि थप ६० जना मोतिबिन्दु बिरामीको उपचार हुँदैछ ।

यो फाउन्डेशनले २ वर्षयता नेपालका बझाङ, दोलखा, रामेछापलगायतका जिल्लामा झण्डै १२ हजार मोतीबिन्दु शल्यक्रिया गरिसकेको छ । स्वास्थ्य शिविर संचालनको जनशक्ति तथा प्राविधिक सहयोग भने तिलगंगा आँखा अस्पतालको थियो । शिविरको अनुगमन गर्न फाउन्डेशनका सहसंस्थापक तेज कोहिल बेलायतबाट काठमाडौं हुँदै दोरम्बा आइपुगेका थिए ।

फाउन्डेशनका अर्का संस्थापक डा.सन्दुक रुइतका अनुसार, फाउन्डेशनकै स्रोत तथा तिलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोगबाट अब एक वर्षमा नेपालमा २५ हजार मोतीबिन्दु बिरामीको उपचार गरिँदैछ । ‘दोरम्बा मोडेल’का नाममा अघि बढाइने यो परोपकारी कामलाई एशिया तथा अफ्रिकाका १० मुलुकमा विस्तार गिरिने भएको छ ।


प्रकाशित : चैत्र ५, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्

गायक सपुतले 'पिर'बाट हटाए विवादित दृश्य

पहिलो भिडियो १ करोड पटक हेरिएपछि परिमार्जित भिडियो अपलोड गरेका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — अत्यधिक चर्चामा रहेको गीत 'पिर'को भिडियोबाट विवादित दृश्य हटाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा विवादित बनेको यौनकर्मी पूर्वलडाकूको दृश्य हटाएर नयाँ भिडियो अपलोड गरेका छन् ।

सपुतले यसअघि पनि उक्त दृश्यलाई लिएर विवाद भएपछि त्यसमा आत्मालोचना गरेका थिए । सपुतको गीतिकथामा पूर्वलडाकु एक महिला पात्रलाई यौनकर्ममा संलग्न भएको रुपमा प्रस्तुत गरिएको थियो ।

जसलाई लिएर माओवादीका नेता तथा कार्यकर्ताहरूले कडा शब्दमा आपत्ति जनाएका थिए । केही नेताहरूले त उक्त दृश्यलाई लिएर गीत हटाउन चेतावनी समेत दिएका थिए ।

गायक सपुतले भने नयाँ भिडियो अपलोड गरेपछि विवादित बनेको दृश्य हटाइएको प्रतिक्रिया दिएका छन् । उनले पहिलो भिडियो १ करोड पटक हेरिसकेपछि उक्त भिडियो हटाएर परिमार्जित भिडियो अपलोड गरेका हुन् । नयाँ भिडियो राखेपछि उनले भनेका छन्, 'भयो अब, पुग्यो !' उनले नयाँ भिडियोमा 'दृश्य सम्पादनपछि' भनी उल्लेख गरेका छन् ।

पिर : केही तरंग, केही प्रश्न

सांगीतिक कथाले राजनीतिक ‘पिर’

प्रकाश सपुतको 'पिर'ले निम्त्याएको चिन्ता

सत्ताधारीलाई 'पिर' को पिरलो

रक्तिमकी कलाकार ‘पिर’ मा पूर्वलडाकु

प्रकाशित : चैत्र ५, २०७८ २०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×