भीमसेन मन्दिरमा होलीको रौनक [तस्बिरहरू]
काठमाडौँ — भक्तपुरको योसिनखेलस्थित भिमसेन मन्दिरमा बाजागाजासहित हरेक वर्षको होली मनाइन्छ । योसिनखेललगायत आसपासका बासिन्दाहरुले मन्दिरमा आएर पूजाआजासहित सामूहिक भोज खाएपछि रंग साटासाट गर्छन् । स्थानीयका अनुसार यो मन्दिर हरेक साता पूजाआजा गरिएपनि होली पर्वमा भने विशेष पूजा गरिन्छ ।