वसन्तपुरमा होलीको उल्लास

तस्बिर : इलिट जोशी

काठमाडौँ — उपत्यकासहित पहाडी जिल्लामा बिहीबार उल्लासपूर्वक होली पर्व मनाइएको छ । सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौंमा होलीको उल्लास हेर्नलायक छ ।

एकअर्कामा अबिर दलेर सर्वसाधारणले होली मनाएका छन् । विभिन्न संघ संस्था तथा व्यवसायिक कम्पनीहरुलेसमेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरे । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ ।

होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रमम सयौँको उपस्थिति छ । वसन्तपुरमा नेपाल प्रहरीको विशेष सांगीतिक समूहको समेत प्रस्तुति रहेको छ । विदेशी पर्यटसकेत होली रमाइरहेका देखिन्छन् । गत वर्ष कोरोनाका कारण सार्वजनिक स्थानहरूमा मनाइएको थिएन ।


प्रकाशित : चैत्र ३, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्