कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राहदानी लिनेको लस्कर [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — मुलुकभित्र भरपर्दो रोजगारी नपाएपछि नागरिक विदेसिने क्रम रोकिएको छैन । जसको उदाहरण हो, सम्बन्धित निकायमा राहदानी बनाउने नागरिकको भिडभाड । अघिपछि झैं शुक्रबार पनि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा रातिदेखि नै सेवाग्राहीको लामै लाइन थियो ।

सरकारले बायोमेट्रिक ई-पासपोर्ट मंसिर १ गतेदेखि लागू गरे पनि उपत्यकाबाहिर बनाउन नमिल्ने भएकाले सेवाग्राहीहरू राजधानीमै थुप्रिएका हुन् । राति १२ बजेदेखि लाइनमा बस्नु परेको, चाउचाउ र पानीको भरमा १३-१५ घण्टा कुर्नुपरेको सेवाग्राहीहरूको गुनासो छ ।


प्रकाशित : फाल्गुन २७, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्