कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसान फेवाताल [तस्बिरहरू]

प्रतीक्षा काफ्ले

कास्की — प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको फेवाताल यतिबेला सुनसान देखिन्छ । कोरोना भाइरसको महामारी मत्थर हुँदै गए पनि पोखरामा पर्यटकको संख्यामा भने अपेक्षित रुपमा वृद्धि हुन सकेको छैन ।

पर्यटकहरू नभएपछि फेवातालमा राखिएका डुंगा दिनभर रित्तै रोक्नु परेको डुंगा चालकहरू बताउँछन् । डुंगा चालकहरू भने दिनभर काम नहुँदा डुंगा मिलाउँदै वा मर्मत गर्दै बसिरहेका देखिन्छन् । महामारीअघि दर्शनार्थीको भीड लाग्ने गरेको तालबाराही मन्दिर पनि यतिबेला सुनसान छ ।


प्रकाशित : फाल्गुन २०, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

पीडितको गोपनियता भंग हुने सामग्री पोस्ट गरे कारबाही हुन्छ : साइबर ब्युरो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले पीडितको गोपनीयताको हक हनन् हुने खालका कुनै पनि सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

सांकेतिक तस्बिर : रोयटर्स

पछिल्लो समय गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू अपलोड गरिएको ब्युरोले जनाएको छ ।

त्यस्ता भ्रामक एवं झूटा क्याप्सन राखिएका सामग्रीले समाजमा उत्तेजना र अफवाह फैलाएको र पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा असर पुगेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले बताएका छन् ।

ब्युरोले त्यस्ता सामग्री प्रकाशन/प्रसारण गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने पनि बताएको छ ।


प्रकाशित : फाल्गुन २०, २०७८ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×