२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एमसीसीको विरोधमा प्रदर्शन र आमसभा [फोटोफिचर]

केशव थापा

काठमाडौँ — प्रतिनिधिसभाबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका थिए । यस क्रममा आयोजक दलका नेताहरूले खुला मञ्चबाट एमसीसीको विरोध गर्दै यसले राष्ट्रघात भएको बताएका छन् । ती दलहरूले एमसीसी अनुमोदन गर्नु अघिदेखि नै विरोध प्रदर्शन गर्दैआएका थिए । एमसीसीले गर्दा नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता खोसिएको उनीहरूको जिकिर छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्