कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेना दिवस मनाइयो

तस्बिर : इलिट जोशी

काठमाडौँ — महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ । त्यसैग्री बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सूट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारकोसमेत प्रदर्शन गरिएको थियो ।नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् । सेनाको बढाईं हेर्न टुँडिखेल वरपर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । सर्वसाधारणलाई कार्यक्रममा प्रवेश दिने गरिएको छैन ।


प्रकाशित : फाल्गुन १७, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्