३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एमसीसीको विरोधमा संसद्‌ भवन अगाडि जे देखियो [२५ तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा, प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर, बिजुलीबजार क्षेत्र आइतबार दिनभरजसो तनावग्रस्त बन्यो । सरकारले प्रतिनिधिसभामा एमसीसीसँगको सम्झौता टेबुल गरेको विरोधमा सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका भ्रातृ संगठनहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीबीच झडपले त्यस क्षेत्रमा यातायातका साधन चल्न सकेनन् ।

प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोली चलायो भने अश्रुग्यास र पानीका फोहोरा प्रहार गर्‍यो । त्यसक्रममा दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भए । प्रदर्शनकारीको इँट्टा, ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भए । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । साँझपछि उपत्यकाको सुरक्षा अवस्था सामान्य बनेको छ ।

बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्