२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बानेश्‍वरमा अश्रुग्यास र पानीको फोहरा

तस्बिर: अंगद ढकाल, दीपक केसी, संजोग मानन्धर, तस्बिर : इलिट जोशी

काठमाडौँ — अमेरिकासँगको एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शनले बुधबार नयाँ बानेश्वर केही घण्टा तानवग्रस्त बन्यो । सत्ता पक्ष र संसद् बाहिर रहेका दलहरुले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि झडप समेत भएपछि स्थिति तनावपूर्ण हो । संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग घम्साघम्सी पर्‍यो ।

सुरक्षाकर्मीमाथी इँट्टा, ढुंगा प्रहार भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले लाठीमात्रै प्रहार गरेन स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास फ्याँकेको थियो । त्यसक्रममा प्रदर्शनकारी तितरबितर भएका थिए । प्रदर्शनकारीले 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन', 'राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर', र राजनीतिक दलका नेताहरुको विरोधमा पनि नाराबाजी गरेका थिए । प्रदर्शनमा नेत्रविक्रम चन्द, मोहन वैद्य, विश्वभक्त दुलाल नेतृत्वको पार्टीहरु, सत्तारुढ नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन, युवा संगठन, राप्रपालगायत दल र मोर्चाले भाग लिएका थिए ।


प्रकाशित : फाल्गुन ४, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्