हिउँ परेपछिको रारा [फोटोफिचर]

राजबहादुर शाही

मुगु — यो साता देशका अधिकांश उच्च पहाडी भेगमा बाक्लो हिउँ पर्‍यो । हिमपातले कतिपय स्थानको जनजीवन कष्टकर बनाए पनि केही स्थानमा भने पर्यटकहरूले रमाउँदै हिउँ खेल्न पाए । समुद्र सतहदेखि ३००० मिटर उचाइमा रहेको रारा त्यस्तै सुन्दर पर्यटकीय गन्तब्य हो । जहाँ हिउँ पर्दा पर्यकटहरू रमाउन पुग्छन् । यस वर्ष मात्रै ५ पटकसम्म हिउँ परेको रारामा पछिल्लो पटकको हिमपातले राराको सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।

कर्णाली प्रदेशको यो कन्चन र निलो तालको रंग विभिन्न मौसममा फेरिँदा वरिपरि तीन फिट जमेको हिउँको घेराले चाँदी टल्किए जस्तै देखिन्छ । बिहान, मध्यान्ह र साँझ सूर्यका किरण हिउँ र तालमा पर्दा छिनछिनमा यहाँको रुप नै फेरिएको देखिन्छ ।

प्रकाशित : माघ २३, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्