२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हिमपातपछिको चन्द्रागिरि

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — चन्द्रागिरि डाँडामा हिमपात भएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि चन्द्रागिरि डाँडामा हिउँ खेल्न जानेहरु बढेका छन् । हिउँले ढाकेको चन्द्रागिरि क्षेत्रमा गत पुस दोस्रो साताको भन्दा बाक्लो हिमपात भएको छ । यसैगरी काठमाडौं आसपासका डाँडाहरुमा समेत हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न स्थानमा बाक्लो हिमपातका कारण यातायात अवरुद्ध भएका छन् । साथै हिमाली तथा पहाडी भेगको जनजीवन प्रभावित भएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित : माघ २१, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्