कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बदलियो खोकनाको तोरीबारी

दिपेन्द्र रोक्का

काठमाडौँ — कुनै बेला ललितपुरको खोकना तोरीको तेलका लागि प्रख्यात थियो। तर बढ्दो सहरीकरणका कारण खोकनाको दृश्य फरक देखिन्छ । ३ / ४ वर्षअघि यहाँका फाँट पुस र माघ महिनामा तोरीले पहेँलै देखिन्थे, त्यस्तो छैन ।

खोकनाकी ७० वर्षीय देखलमाया डंगोल आफ्नो बाल्यकालदेखि नै यही क्षेत्रमा खेती किसानी गर्दै आएकी छन् । मुख्यतया धान भित्र्याइसकेपछि तोरी छर्ने गर्थिन् । तर समयसँगै बजारमा तोरीको माग पनि कम हुनु र विदेशबाट आयातीत तेल पाउनुले पनि आफूहरुले तोरी लाउन छोडेको उनी बताउँछिन् ।

अहिले यस क्षेत्रमा यदाकदा मात्र तोरी छरेको पाइन्छ । 'उम्रिएको तोरी आफूलाई त पुग्दैन बेच्न त परैको कुरो', डंगोल भन्छिन् । पहिले हातबाट तोरी पेल्ने मिल र पछि बत्तीबाट चल्ने मिलहरू पनि यस क्षेत्रबाट विस्थापित भइसकेका छ्न् । बरू बाहिरका मानिसहरू आएर यस क्षेत्रमा जग्गा भाडामा लिएर खेती किसानी गर्दैछन् तर स्थानीय अल्छी मानेर खेती किसानी गर्दैनन् ' उनी सुनाउँछिन् ।

प्रकाशित : माघ १५, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्