१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल र मोरिससबीच प्रतिस्पर्धामा जे देखियो [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दशरथ रंगशालामा जारी नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । नेपालले भने २ वटा राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

कोरोना महामारीका बावजुद शनिबार रंगशालामा नेपाली खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । कोरोना संक्रमण जोखिमका कारण दशरथ रंगशालामा एकतिहाइ (करिब ५ हजार) दर्शकहरूलाई मात्रै प्रवेश अनुमति दिइएको थियो। गत अक्टोबर १६ मा भारतविरूद्धको फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रिएको हो। मोरिसस भने दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि उत्रिएको हो । अहिले दोस्रो हाफ सुरु भइसकेको छ । दुवै टोलीबीच कडा प्रतिस्पर्धामा खेल भइरहेको छ ।

प्रकाशित : माघ १५, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्