लमजुङका ग्रामीण भेगमा बाक्लो हिमपात [फोटोफिचर]

आश गुरुङ

लमजुङ — लमजुङका ग्रामीण भेगका बस्तीमा मंगलबार बाक्लो हिमपात भएको छ । हिमपात र त्यसपछि बढेको चिसोले जनजीवन नै प्रभावित बनेको छ । केही दिनदेखि मौसम बिग्रिएसँगै मंगलबार दिउँसो हिमपात भएको स्थानीयले बताएका छन् ।

मर्स्याङदी गाउँपालिका १, घनपोखरा ३, हर्सिङडाँडा, बेंसीसहर नगरपालिका १० को पिस हिल, खाँचे, दोर्दी गाउँपालिका ६, दाम्राङ, क्व्होलासोंथर गाउँपालिका ३, घलेगाउँलगायत बस्तीमा हिमपात भएको स्थानीयहरूले बताएका छन् । मर्स्याङदी गाउँपालिका १, घनपोखराका अध्यक्ष रुद्रमान गुरुङका अनुसार यहाँको जनजीवन प्रभावित भएको बताए । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सविच उमलबहादुर विकका अनुसार मंगलबार दिउँसो २ बजेदेखि साँझसम्म हिमपात भएको हो ।

विकका अनुसार घलेगाउँमा २ वर्षपछि पुनः हिमपात भएको हो । पिस हिल स्टेसनका संचालक जीत तामाङले तल्लो बस्ती भुस्मेसम्मै हिउँ परेको बताए । समुद्री सतहदेखि २ हजार मिटर उचाइको पिस हिल हिमपातपछि सुन्दर देखिएको उनले बताए । दोर्दी गाउँपालिकाका अगुवा युवराज अधिकारीले दाम्राङ डाँडामा पनि हिमपात भएकाले डाँडा क्षेत्र रमणीय देखिएको बताए । बाक्लो हिमपातपछि हिउँ नपरेको बस्तीमा पनि चिसो बढेको छ ।

प्रकाशित : माघ १२, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्