पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।


प्रकाशित : माघ ६, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्