साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता इकान्तिपुरमा कोरोना भाइरस संक्रमणको जोखिमबीच सिंहदरबार नजिक राप्रपा कार्यकर्ताको भीड, बतास समूहले नारायणहिटीमा बनाएको संरचना भत्काइँदै गरेको लगायत तस्बिरले प्राथमिकता पाए । त्यस्तै उपत्यकाका विद्यालयमा सुरु भएको कोरोना विरुद्धको खोप, बुङ्गमतीमाको इँटा उद्योगमा गधालाई इँटा बोकाउँदै गरेका तस्बिरहरु पनि छापिएका छन् ।

कोरोना महामारीका बीच पुस २७ अर्थात् पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेको भीड । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना ।

नारायणहिटी संग्रहालय परिसरमा बतास समूहले बनाएको संरचना भत्काइँदै । तस्बिर : संजोग मानन्धर

भक्तपुरको गाम्चास्थित आइतबार अरनीको माध्यमिक विद्यालयमा १२ देखि १७ वर्षका विध्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै । तस्बिर : अंगद ढकाल

प्याडमा सरकारले कर लगाएको भन्दै फिर्ता गर्नुपर्ने मागसहित 'रातो कर माफ गर' अभियन्ताहरुले ललितपुरको जावलाखेलमा गरेको प्रदर्शन । तस्बिर : सन्जोग मानन्धर

ए डिभिजन लिगअन्तर्गत मछिन्द्र क्लबविरुद्ध 'हेड’ हान्ने प्रयास गर्दै फ्रेन्ड्स क्लबका खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ

विराटनगर जुटमिल प्रांगणमा होल्डिङ सेन्टर निर्माण गरिँदै । कोरोना संक्रमण बढ्दै गइरहेपछि होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ । तस्बिर : देवनारायण साह


प्रकाशित : माघ १, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा

रासस

काठमाडौँ — साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, 'गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।'


उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट व्यक्तिगत सम्पतिको हक कायम राख्न नहुनेमा जोड दिँदै रूपान्तरणको विचार सम्प्रेषण गरेको टिप्पणी गरे ।

गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बोध’, विन्दु अधिकारी ढकाल, डा राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गरेका थिए ।

सिर्जनाहरूमाथि ज्ञानु विद्रोहीको टिप्पणी थियो । गोष्ठीका अध्यक्ष राम विनयले साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

प्रकाशित : माघ १, २०७८ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×