२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बालबालिकालाई स्कुलमै खोप [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै सरकारले आइतबारदेखि विद्यालयमै गएर बालबालिकालाई पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

काठमाडौं र ललितपुरमा फाइजर र भक्तपुरमा मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । विभागले आइतबारदेखि विद्यालय तहमै खोप लगाउन जिल्लालाई निर्देशन दिए पनि केहीले भने अझै सुरु गरेका छैनन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले दधिकोटको अरनिको माध्यमिक विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई खोप लगाएर विद्यालयमा खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

‘खोप लगाउन पाउँदा विद्यार्थी खुसी छन्,’ अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ रिमालले भने, ‘आमा‚ बुबा र शिक्षकले खोप लगाउँदा नानीबाबुले लगाउन पाएका थिएनन् । कोरोना बढ्न लाग्दा उनीहरूलाई पनि खोप लगाउन पाउँदा हामी पनि खुसी छौं ।’

यसअघि १८ वर्ष माथिका वयस्कलाई कोभिसिल्ड, भेरोसेल, जे एन्ड जे, फाइजर र मोडर्ना लगाइएको थियो । सरकारले १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका बालबालिकालाई अमेरिकामा बनेको फाइजर र मोडर्ना खोप दिन सुरु गरेको हो ।

प्रकाशित : पुस २५, २०७८ १५:५९

प्रतिक्रिया
पठाउनुहोस्