कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

छाउनीबाट नक्साल लगियो पद्मपाणि लोकेश्वरको मूर्ति

तस्बिर : केशव थापा

काठमाडौँ — ४० वर्ष अघिदेखि हराएर फेला परेको बोधिसत्व पद्मपाणि लोकेश्वरको मूर्तिलाई विधिपूर्वक छाउनी संग्रहालयबाट नक्सालस्थित कीर्ति विहारमा लगिएको छ । आइतबार बाजागाजासहितको सैन्य सम्मानमा उक्त मूर्तिलाई कीर्ति विहारमा लगिएको हो ।

सन् ८० को दशकमा काठमाडौंको नक्साल बौद्ध विहारबाट हराइरहेको बोधिसत्व पद्मपाणीको मूर्ति २०५९ सालयता छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको थियो । त्यसअघि यो मूर्तिलाई हनुमानढोका प्रहरी कार्यालयले आफ्नो संरक्षणमा राखेको थियो । यो सम्पदालाई सातौं/आठौं शताब्दीको सिर्जना मानिएको छ ।


प्रकाशित : पुस २५, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्