कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेनिटरी प्याडको कर खारेजीको माग गर्दै प्रदर्शन [तस्बिरहरु]

शब्द/तस्बिर: संजोग मानन्धर

ललितपुर — 'रातो कर माफ गर' अभियन्ताहरुले शनिबार ललितपुरमा प्रदर्शन गरेका छन् । महिनावारी हुँदा प्रयोग गरिने प्याडमा सरकारले कर लगाएको भन्दै फिर्ता गर्नुपर्ने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

जावलाखेलस्थित भलिबल प्रशिक्षण मैदान अगाडि गरिएको प्रदर्शनमा सहभागीले 'रातो कर बन्द गर', 'रातो कर माफ गर', 'हाम्रो महिला राष्ट्रपति कहाँ हुनुहुन्छ ?' जस्ता सन्देश लेखिएका प्लेकार्ड, व्यानर लिएका थिए ।


प्रकाशित : पुस २४, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्