हुस्सुले कठ्याङ्ग्रिएको काठमाडौं उपत्यका [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — केही दिनयता चिसो बढ्दै गएको छ । पश्चिमी वायुका कारण गत मंगलबार राति देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भयो । काठमाडौं उपत्यका आसपासका डाँडासमेत हिउँले ढाकिएर सेताम्मे भए । पुस महिनाको मध्यतिरको जाडोमा जताततै हुस्सु र कुहिरो लागिरहेको छ । बाक्लो हुस्सु र कुहिरोले सडकमा यातायात सञ्चालन गर्न असहज भएको छ । कम भिजिबिलिटीका कारण हवाइ उडान प्रभावित भएका छन् । हेरौं शनिबार बिहान हुस्सुले ढाकिएका काठमाडौं उपत्यकाका विभिन्न स्थानका दृश्यहरु ।


प्रकाशित : पुस १७, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्