३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात

कान्तिपुर संवाददाता

काठमाडौँ — देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै देशका उच्च हिमाली र हिमाली भेगमा हिउँ परेको हो । काठमाडौं उपत्यका आसपासका चन्द्रागिरिलगायतका डाँडामा पनि हिउँ परेको हो । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीय तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रसुवा

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

मुगु

उत्तरी गोरखा

उत्तरी गोरखा

उत्तरी गोरखा

उत्तरी गोरखा

बैतडी

उत्तरी गोरखा

बैतडी

मुगु

दामन

चन्द्रागिरि

दार्चुला

मनाङ

मनाङ

ताप्लेजुङ

ताप्लेजुङ

ताप्लेजुङ

रसुवा

म्याग्दी

उत्तरी गोरखा

उत्तरी गोरखा

बागलुङ


प्रकाशित : पुस १४, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्