माओवादीको महाधिवेशन उद्‌घाटन सत्रका तस्बिरहरु

तस्विर: हेमन्त, तस्बिर: अंगद ढकाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको प्रज्ञाभवनमा आयोजित समारोहमा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही सहितका राजनीतिक दलका नेताहरु सहभागी छन् ।महाधिवेशनमा देशभरबाट १ हजार ६३१ प्रतिनिधिहरु सहभागी भएका छन् । ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।


प्रकाशित : पुस ११, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्