कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा त्रिविको ४७औं दीक्षान्त समारोह

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — त्रिभुवन विश्विवद्यालय(त्रिवि)को ४७औं दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएका छन् । त्यसमा विद्यावारिधि, डीएम/एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् । कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा समारोहको आयोजना गरिँदैआएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थीलाई मात्र आमन्त्रण गरिएको थियो ।


प्रकाशित : पुस ५, २०७८ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसी विरोधमा भएको प्रदर्शनमा झडप [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बाहिर प्रदर्शन भयो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलाल 'आहूति' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत ६ वटा कम्युनिस्ट दलका नेताहरूले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । राष्ट्रिय झन्डा, पार्टीको झन्डा र एमसीसी विरोधी नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूसँग प्रहरीको झडप भएको थियो ।ठूलो संख्यामा सहभागी भएका प्रदर्शनकारीहरूमध्ये केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ । झडपको क्रममा केही प्रदर्शनकारी घाइते समेत भए । यसअघि सोमबार पनि विभिन्न साना दलहरूले एमसीसीको विरोध गर्दै एमसीए कार्यालय घेराउ गरेका थिए ।


प्रकाशित : मंसिर २८, २०७८ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×